Home मुख्य समाचार भदौमा १७१ जनाले गरे रक्तदान

भदौमा १७१ जनाले गरे रक्तदान

रगतको साङ्केतिक तस्बिर

हेटौंडाः भदौ महिनामा १ सय ७१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको तथ्याङ्क अनुसार १ महिनामा १ सय ७१ जनाले रक्तदान गरेका हुन् ।

भदौ महिनामा विभिन्न ५ संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५२ जना पुरुष र ११ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले बताउनुभयो । भदौ महिनामा रक्तसञ्चार केन्द्रको कार्यालयमा पुगेर ८ जनाले रक्तदान गरेका छन् । २ जना महिला र ६ जना पुरुषले कार्यालयमा नै पुगेर रक्तदान गरेको प्राविधिक सापकोटाले बताउनुभयो ।

भदौमा १ सय ७१ युनिट रगत संकलन भएको छ । केन्द्रसँग अहिले ५० युनिट रगत मौज्दातमा रहेको उहाँले बताउनुभयो । रक्तसंचार केन्द्र हेटौंडामा संकलन भएको रगत मागको आधारमा बाहिरी जिल्लाहरुमा पनि पठाउने गरेको उहाँले जानकारी दिनुभयो । अहिले हेटौंडामा “ओ” समूहको रगत प्रशस्त भएको भन्दै उहाँले “ए” र “बि” समूहको रगत अभाव भईरहेको बताउनुभयो ।

Exit mobile version