Home मुख्य समाचार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मकवानपुर जिल्लामा १६७ मदतानस्थल

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मकवानपुर जिल्लामा १६७ मदतानस्थल

हेटौंडाः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा एक सय ६७ मतदानस्थल निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरका १० वटा स्थानीय तहका लागि एक सय ६७ मतदानस्थल कायम गरेको हो ।

निर्वाचन आयोगले सोमबार देशभर कायम गरिएका निर्वाचनस्थल सार्वजनिक गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा २ मतदानस्थल थप गरेको छ । स्थानीय तह निर्वाचनमा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमा १ सय ६५ मतदानस्थल कायम गरिएको थियो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदानस्थलको विवरणअनुसार मकवानपुर जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत् ६१ वटा मतदानस्थल रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत् पर्ने बकैया, बागमती, मकवानपुरगढीका ४ वटा वडा र हेटौंडा उपमहानगरका १६ वटा वडामा ६१ वटा मतदानस्थल निर्धारण गरिएको हो ।

क्षेत्र नम्बर १ को बकैया गाउँपालिकामा २० वटा मतदानस्थल कायम गरिएको छ । यस्तै, बागमती गाउँपालिकामा १६ वटा मतदानस्थल कायम गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मकवानपुरगढीका वडा नम्बर १ देखि ४ सम्म ५ वटा मतदान केन्द्र कायम गरिएको छ । यसैगरी क्षेत्र नम्बर १ मै पर्ने हेटौंडा उपमहानगरपालिकाका १६ वटा वडामा २१ वटा मतदानस्थल कायम गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४ देखि १० सम्म र १२ देखि १८ सम्म निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत् पर्दछन् ।

मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत् पर्ने क्षेत्रका लागि निर्वाचन आयोगले एक सय ६ वटा मतदानस्थल कायम गरेको छ । क्षेत्र नम्बर २ अन्तर्गत् पर्ने मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ देखि ८ सम्म ७ वटा मतदानस्थल रहेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत् पर्ने हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ का लागि ६ वटा मतदानस्थल कायम गरिएको छ ।

क्षेत्र नम्बर २ अन्तर्गत्का इन्द्रसरोवर गाउँपालिकामा ११ वटा, थाहा नगरपालिकामा २१ वटा, भीमफेदी गाउँपालिकामा १४ वटा, कैलाश गाउँपालिकामा १६ वटा, मनहरी गाउँपालिकामा ११ वटा र राक्सिराङ गाउँपालिकामा १९ वटा मतदानस्थल कायम गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ दुबै क्षेत्रमा विभाजन गरिएका हेटौंडामा जम्मा २७ वटा र मकवानपुरगढीमा १२ वटा मतदानस्थल रहेका छन् ।

Exit mobile version