Home समाचार करेन्ट लागेर कमानेका थापा घाइते

करेन्ट लागेर कमानेका थापा घाइते

हेटौंडाः हेटौंडा–४, हुप्रचौरस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । करेन्ट लागेर लड्न पुगेका थापाको टाउको र खुट्टामा चोट लागेर मध्यम घाइते भएको जनाइएको छ ।

मगंलबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा बिजुलीको पोलमा काम गरिरहेका नेपाल विद्युत प्राधिकरण हेटांैडा वितरण केन्द्र, भुटनदेवीमा कार्यरत कर्मचारी हेटौंडा–८ कमानेका ४६ बर्षीय शम्भु थापा करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । थापाको मंगलबार दिउँसो ३ बजेको समयमा चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

Exit mobile version