Home खेलकुद नवौं राष्ट्रिय खेलकुदका लागि मकवानपुरका १२ खेलाडी छनौट

नवौं राष्ट्रिय खेलकुदका लागि मकवानपुरका १२ खेलाडी छनौट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बुद्धिचाल खेल्दै । फाइल तस्वीर ।

हेटौंडाः आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो ।

प्रदेश क्रिकेट टिमको अन्तिम १४ मा मकवानपुरका ३ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा रामनरेश गिरी, सुमन सुनार र शुभ कंशाकार रहेका छन् । प्रदेश क्रिकेट टिमको अन्तिम १८ को वैकल्पिकमा मकवानपुरकै थप ३ जना खेलाडी अटाएका छन् । रिजन ढकाल, गौरव खड्का र तक्षक सिम्खडा वैकल्पिकमा छनौट भएका हुन् ।

यस्तै, जुडोतर्फ अस्मिता गोले र सलिसा गोले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छिन् । उसुतर्फ वास्ताकुमारी पाख्रिन, प्रविण दोङ, आशीष लामा र साजन थिङ नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका हुन् । बागमती प्रदेश सरकारले अहिले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनौट गरिरहेको छ ।

Exit mobile version