Home मुख्य समाचार हेटौंडामा पशु प्राविधिक संगठनको खबरदारी र्याली

हेटौंडामा पशु प्राविधिक संगठनको खबरदारी र्याली

पशु प्राविधिकहरुले निकालेको र्याली ।

हेटौंडाः पशु स्वास्थ्य तथा सेवा परिषद् ऐन २०७९, विधेयक रोक्ने षड्यन्त्रको बिरुद्धमा पशु प्राविधिक संगठनहरुले आज सोमबार हेटौंडामा खबरदारी र्याली निकालेका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ मकवानपुरका अध्यक्ष कुमार खड्काको नेतृत्वमा प्राविधिकहरूको संगठन (नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा), नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियशन (नेभ्ला) मकवानपुरको संयुक्त आयोजनामा खबरदारी र्याली निकालिएको हो ।

प्राविधिक संगठनहरुले प्रतिनीधि सभाबाट पास भएको ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ राष्ट्रिय सभाबाट पनि पास हुनुपर्ने र जस्ताको त्यस्तै ऐनका रूपमा लागू हुनुपर्ने माग गर्दै खबरदारी र्यालि निकालेका हुन् । हेटौंडाको बुद्ध चोक, उद्योग वाणिज्य संघ चोक, लोकप्रिय चोक हुँदै कृषि तथा पशुपक्षी विकास मन्त्रालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा “कृषि मन्त्री अघि बढ, हामी तिम्रो साथमा छौ, पेशा कर्मीहरूको एकता जिन्दावाद”, “प्राविधिकहरू कहाँ छन्, किसानहरूको घर दैलोमा छन्, राष्ट्रिय सभामा रहेछ विधेयक पारित गर, कृषकको सेवामा समर्पित बनौँ” भन्दै नारा लगाएका थिए ।

Exit mobile version