Home खेलकुद कबड्डी खेलाडी छनौट

कबड्डी खेलाडी छनौट

हेटौंडाः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्ने कार्यक्रमअन्तर्गत् मकवानपुरमा शनिबारबाट खेलाडी छनौट सुरु भएको छ । शनिबार महिला र पुरुष कबड्डीका खेलाडी छनौट गरिएको हो ।

कबड्डीमा महिला र पुरुषतर्फ १२–१२ जना खेलाडी छनौैट गरिएको छ । महिलातर्फ २० जनाले छनौटका लागि फारम भरेकोेमा १२ जना र पुरुषतर्फ १५ जना खेलाडीले फारम भरेकोमा १२ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा महिलातर्फ रेश्मा घलान, रविना घलान, यस्तर रुम्बा, मनिता वाईबा, सुस्मिता योेञ्जन, उर्मिला श्रेष्ठ, प्रमिला, कञ्चन घले, सरस्वती लामा, उमा थिङ, प्रमिला लामा र पविता विष्ट रहेका छन् ।

यस्तै, पुरुषतर्फ अजय महतो, कल्याण केसी, राहुल शर्मा, मनिषकुमार डंगोल, निश्चल रसाइली, मनिक बोम्जन, सुरेश राई, राजन बलामी, आयुस परियार र निश्चल थापा रहेका छन् । जिल्लामा छनौट भएका खेलाडीहरुले प्रदेशमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, आज सोमबार टेबलटेनिसका खेलाडी छनौट गरिने उहाँले बताउनुभयो ।

रग्बी खेलतर्फ पुरुष र महिला टिमले सिधै प्रदेश छनौट खेल्ने भएका छन् । यस्तै, हक्कीका पुरुष र महिला दुबै टिमले पनि सिधै प्रदेशमा स्थान बनाएका छन् । बिहीबारसम्म जिल्ला खेलाडी छनौट कार्य सम्पन्न हुने जनाइएको छ ।

Exit mobile version