Home मुख्य समाचार विवेकशील नेपाली दलद्वारा १० सेट पिपिई सहयोग

विवेकशील नेपाली दलद्वारा १० सेट पिपिई सहयोग

हेटौंडाः विवेकशील नेपाली दल मकवानपुरले जिल्ला विपद व्यवस्थापन समितिलाई १० थान पिपिई सेट हस्तान्तरण गरेको छ । आज बिहान मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई पिपिई सेट हस्तान्तरण गर्दै विवेकशीलले विपन्न परिवारलाई राहत वितरण गर्दा पारदर्शीता अपनाउन पनि अनुरोध गरेको छ । विवेकशीलले एक सेट पिपिईको भ्याटसहित दुई हजार ३४ रुपैयाँमा खरिद गरेर सहयोग गरेको जनाएको छ । विवेकशीलले सबै आ–आफ्नो घरमा बस्न, सरसफाईमा ख्याल राख्न पनि आव्हान गरेको छ ।