हेटौंडाः विवेकशील नेपाली दल मकवानपुरले जिल्ला विपद व्यवस्थापन समितिलाई १० थान पिपिई सेट हस्तान्तरण गरेको छ । आज बिहान मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई पिपिई सेट हस्तान्तरण गर्दै विवेकशीलले विपन्न परिवारलाई राहत वितरण गर्दा पारदर्शीता अपनाउन पनि अनुरोध गरेको छ । विवेकशीलले एक सेट पिपिईको भ्याटसहित दुई हजार ३४ रुपैयाँमा खरिद गरेर सहयोग गरेको जनाएको छ । विवेकशीलले सबै आ–आफ्नो घरमा बस्न, सरसफाईमा ख्याल राख्न पनि आव्हान गरेको छ ।