Home समाचार वडामा वृहत् सरसफाई हुने

वडामा वृहत् सरसफाई हुने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडामा वृहत् सरसफाई हुने भएको छ । वडा कार्यालयले बुधबार वडास्तरीय भेलाको आयोजना गरेर वृहत् सरसफाई अभियानको सुरुवात गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष फुर्वा दोर्जे लामाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले वडा सदस्य ईश्वरप्रसाद मैनालीको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन गरिएको छ ।

वडाको फोहर व्यवस्थापनसँगै सवारीसाधन पार्किङ व्यवस्थित गर्ने, विजुलीको पोल व्यवस्थापन गर्ने, वडालाई दूव्र्यसनमुक्त बनाउने निर्णय भएको वडा अध्यक्ष लामाले बताउनुभयो । भेलामा जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, वडामा रहेका १२ वटा टोल विकास संस्थाका अध्यक्ष, मन्दिर व्यवस्थानप समितिका अध्यक्ष, सामुदायिक प्रहरी, सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । वडामा आज बिहीबारबाटै बसपार्कको खाल्डाखुल्डी पुर्ने, सरसफाई गर्ने वडा अध्यक्ष लामाले बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका वडा अध्यक्ष फूर्वा दोर्जे लामाले नगरको बजार क्षेत्रमा आवश्यकताअनुसार डस्टबिन राख्न उपमहानगरपालिकासँग एक हजार डस्टविन माग गरिएको जानकारी दिनुभयो । एक साताभित्रै डस्टबिन प्राप्त भई १९ वटै वडाका आवश्यक स्थानमा डस्टविन राखिने वडा अध्यक्ष लामाले दावी गर्नुभएको छ ।

Exit mobile version