Home अर्थ/व्यापार मकवानपुरको आठौं जिल्ला सभा साउन २५ मा

मकवानपुरको आठौं जिल्ला सभा साउन २५ मा

हेटौंडाः मकवानपुर जिल्लाको आठौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आइतबार बसेको बैठकले आठौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा बसेको बैठकको हो । नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेखित काम, कर्तव्य र अधिकार अनुसार जिल्ला सभा गर्ने प्रावधान रहेको र सोहीअनुसार जिल्ला सभा आयोजना गर्न लागिएको समन्वय प्रमुख घलानले जानकारी दिनुभयो । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरको नीति, कार्यक्रम तथा जिससको चालु आर्थिक वर्षको बजेट पारित गरिने उहाँले बताउनुभयो । त्यस्तै बैठकले जिल्ला समन्वय समितिका सदस्यहरुको कार्यक्षेत्र बाँडफाँड समेत गरेको छ । स्थानीय तहहरुसँग समन्वय र सहजीकरणका लागि सदस्यहरुको कार्यक्षेत्र बाँडफाँड गरेको प्रमुख घलानले बताउनुभयो ।

बैठकले जिसस सदस्य खड्क बहादुर पुलामीलाई बागमती र बकैया गाउँपालिका, सुवर्ण गोपालीलाई थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिका, तारा ढुंगानालाई हेटौंडा उपमहानगरपालिका, वीरेन्द्र कुमार लामालाई राक्सिराङ गाउँपालिका, विष्णुमाया थपलियालाई मकवानपुरगढी गाउँपालिका, सुनिता (दर्नाल) परियारलाई मनहरी गाउँपालिका, सुमित्रा थिङलाई भीमफेदी र कैलाश गाउँपालिकाको जिम्मेवारी दिइएको प्रमुख घलानले बताउनुभयो । त्यस्तै बैठकले मकवानपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्पर्क नम्बरसहितको स्थानीय सम्पर्क डायरी प्रकाशन गर्ने निर्णय गरेको प्रमुख घलानले जानकारी दिनुभयो ।

Exit mobile version