हेटौंडाः हेटौंडा–४ कमलडाँडा स्थित हरियाली टोल विकास संस्थाले टोलबासीको निःशुल्क पे्रसर परिक्षण सेवाको सुरुवात गरेको छ । शनिबार नेपाल हृदय रोग निवारण प्रतिष्ठान, नेपाल नर्सिङ संघको संयोजन र हरियाली टोल विकास संथाको आयोजनामा शिविर भएको संस्थाका अध्यक्ष राजु अर्यालले बताउनुभयो ।
टोल विकास संस्थाले हरेक महिनाको पहिलो हप्तामा टोलका ३० वर्षदेखि माथि उमेर समूहका मानिसहरुमा प्रेसर जाँच गर्ने भएको छ । शनिबार भएको शिविरमा ५४ जनाले प्रेसर परिक्षण गराएको उहाँले जानकारी दिनुभयो । पे्रसरबाट हुने रोगहरुबाट समाजलाई मुक्त बनाउन परिक्षण सुरु गरिएको उहाँको भनाई छ । टोलमा आगामी दिनहरुमा सुगर जस्ता अन्य रोगहरुको पनि परिक्षण गर्ने योजान रहेको उहाँले जानकारी दिनुभयो ।
