हेटौंडाः १७ वर्षमुनी (यू–१७) राष्ट्रिय पुरुष फुटबल टिम छनोटमा सहभागी हुने मकवानपुरका ११ खेलाडीहरुलाई बिदाई गरिएको छ । हेटौंडा फुटबल एकेडेमीका ११ जना खेलाडीहरुलाई छनोटमा सहभागी हुन आइतबार विदाई गरिएको एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलि सोमबारबाट यु–१७ खेलाडी छनोट गर्दैछ । यु–१७ पुरुष फुटबल टिम छनोटमा सहभागी हुनका लागि हेटौंडा फुटबल एकेडेमीका हेटौंडा–१४ का अस्मिर गोङ्बा, मनहरीका अबिन लामा, हेटौंडा–११ का दिनेश लामा, हेटौंडा–१५ का असिम मोक्तान र सनिश लामा, हेटौंडा–३ का विनित लामा, हेटौंडा–१२ का प्रजेश लामा, हेटौंडा–७ का सुजन तितुङ, भीमफेदीका शक्तिमान थिङ र हेटौंडा–४ का प्रिन्स भण्डारी काठमाडौं प्रस्थान गरेका छन् ।
