Home मुख्य समाचार खैरो हिरोईनसहित ३ जना पक्राउ

खैरो हिरोईनसहित ३ जना पक्राउ

लागुऔषधसहित पक्राउ परेकाहरु ।

हेटौंडाः मकवानपुर प्रहरीले छुट्टाछुटै स्थानबाट लागुऔषध खैरो हिरोईनसहित ३ जनालाई पक्राउ गरको छ । सोमबार बिहान ११ बजेर ४० मिनेटको समयमा हेटौंडा–१६ चिसापानी बस्ने ३४ वर्षीय विकराज बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट हटियाबाट गस्तिमा खटिएको प्रहरी टोलीले हेटौंडा–१६ हटिया त्रिशुलेस्थित धरान–चतारा सडक खण्डमा चिसापानीचोकबाट हर्नामाडीतर्फ पैदल हिँडिरहेको अवस्थामा बिक पक्राउ गरेको जनाएको छ । शंकास्पद अवस्थामा हिँडिरहेका बिकलाई प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोईन ४० मिलीग्राम बरामद गरेको जनाएको छ ।

यस्तै सोमबार साँझ ६ बजेको समयमा हेटौंडा–२ बस्ने ४८ वर्षीय उज्ज्वलकृष्ण मानन्धरलाई पक्राउ गरेको छ । मानन्धरलाई प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्क सडकखण्डबाट पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरी सुरक्षजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोईने १०० मिलीग्राम फेला पारी मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार नै साँझ ६ बजेर ३० मिनेटको समयमा मकवानपुर प्रहरीले हेटौंडा–१० बस्ने ३७ वर्षीय रन्जित आले मगरलाई पक्राउ गरेको छ । मगरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० मित्रमार्गमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा मगरले लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोईन ४० मिलीग्राम बरामद गरेको जनाएको छ । प्रहरीले लागूऔषधसहित पक्राउ परेका ३ जनालाई नियन्त्रणला लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

Exit mobile version