Home शिक्षा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरणपछि सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाँउपालिकाको कालीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका ७५ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको हो । डिभाईन युथ क्लब नेपाल हेटौंडा शाखाको आयोजनामा कार्यक्रममा विद्यार्थीहरुलाई ब्याग, जुत्ता, कपी, कलम, पेन्सील वितरण गरिएको छ ।

बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपाल बहादुर नेसुरले शैक्षिक सामग्री अभावका कारण विद्यार्थीहरुको पठनपाठनमा आएको असरमा यस्तो सहयोगले विद्यार्थीलाई सहयोग पुगेको बताउनुभयो । विद्यार्थीहरुलाई विद्यालयमा पुग्न भौगोलिक बिकटताका कारण करिव दुई घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।

बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपाल बहादुर नेसुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिभाईन युथ क्लब नेपाल हेटौंडा शाखाका अध्यक्ष सरोज न्यौपाने, कालीदेवी आधारभूत बिद्यालय व्यवस्थापन समिति सदस्य सुभाष स्याङ्तान, विद्यालय प्रधानाध्यापक, शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो । डिभाईन युथ क्लब नेपालले समय समयमा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसको नेपालभर ६७ वटा शाखा रहेको छ ।

Exit mobile version