हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । काठमाडौँको दशरथ रंगशालामा आइतबारबाट हुने प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका खेलाडीहरु भोली शनिबार काठमाडौं प्रस्थान गर्दैछन् ।
प्रदेश स्तरीय प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका ८५ जना खेलाडी, कोचसहितको टोली शनिबार काठमाडौँ जाने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउन मकवानपुरका खेलाडीहरुको तयारी पुरा भइसकेको उहाँले बताउनुभयो । गत शनिबार र आईतबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट प्रदेशमा सहभागी हुने खेलाडीको टुङ्गो लागेको थियो । प्रतियोगिता आईतबार र सोमबार गरी दुई दिन सञ्चालन हुनेछ ।
