Home कला चित्रकला प्रतियोगितामा एलेक्स श्रेष्ठ प्रथम

चित्रकला प्रतियोगितामा एलेक्स श्रेष्ठ प्रथम

चित्रकला प्रतियोगितामा प्रथम हुन सफल नवोदय शिशु सदनका एलेक्स श्रेष्ठलाई पुरस्कृत गरिँदै ।

हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्टले मातातीर्थ औंसीको अवसरमा आयोजना गरेको चित्रकला प्रतियोगितामा नवोदय शिशु सदनका एलेक्स श्रेष्ठ प्रथम हुनु भएको छ । शुक्रबार सार्वजनिक भएको नतीजाअनुसार श्रेष्ठले कोरेको चित्र उत्कृष्ट घोषित भएको हो । प्रतियोगितामा सहभागीले आफ्नै आमाको चित्र कोर्नुपर्ने थियो ।

प्रतियोगितामा प्रथम भएका एलेक्सले बनाएको आमाको चित्र ।

प्रतियोगितामा प्रथम भएसँगै श्रेष्ठले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका समीर भट्टराई द्वितीय तथा बंशगोपाल माविका नविन राई तृतीय हुनुभएको छ । उहाँहरुले क्रमशः नगद ३० र १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै विशेष पुरस्कार हेटौंडा अफ स्कूल म्यानेजमेन्टकी शितल थापा मगरले प्राप्त गर्नुभयो । थापाले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सहभागीले बनाएका चित्रहरु अवलोकन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, साथमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशी ।

यस्तै बालजागृति सेकेन्डरी स्कुलका ऋतिक केबी र अश्विन्या श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पसकी आइतमाया तामाङ, म्यानेजमेन्टकी श्रेया मिश्र, सैना प्रजापति, प्रतिक्षा गुरुङ र अञ्जली न्यौपाने, बंशगोपाल माविकी बिनित राई, जिएस निकेतनकी दिप्सिना थापा र दिया रिजाल सान्त्वन भएका छन् । उनीहरुले समान २–२ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

अन्तिम नतीजा घोषणा तथा पुरस्कार वितरण समारोह शुक्रबार बिहान हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको थियो ।

Exit mobile version