Home शिक्षा बैदिक म्याथमेटिक्स सम्बन्धी गोष्ठी

बैदिक म्याथमेटिक्स सम्बन्धी गोष्ठी

हेटौंडाः आज सोमबार हेटौंडामा बैदिक म्याथमेटिक्स सम्बन्धी गोष्ठी भएको छ । नारायणी कलेज तथा एस्ट्रोनोभा फाउण्डेशन नेपालको आयोजनामा हेटौंडामा पहिलो पटक बैदिक म्याथमेटिक्स सम्बन्धी गोष्ठी भएको हो ।

गणितप्रेमी विद्यार्थी र शिक्षकहरुको लागि कार्यक्रम लाभदायक हुने एस्ट्रोनोभा फाउण्डेशन नेपालका अध्यक्ष किसन बास्तोलाले बताउनुभयो । बैदिक म्याथमेटिक्सले विद्यार्थीमा गणित विषयमा सानै उमेरदेखि हुने डर हटाइ आत्मविश्वासी र रोचक बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यक्रमले गणित विषयको साथसाथै समग्र अरु विषयमा पनि सहगोग पुग्ने उहाँको भनाई छ । कार्यक्रममा भारतका डा. योगेश चन्दनाले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा विभिन्न निजि तथा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी गरी करिब १ सय ५० जनाको सहभागिता रहेको छ ।

Exit mobile version