Home मुख्य समाचार उपमहानगरको समितिमा दलीय भागबण्डा मिल्यो, आज नगर परिषद् बैठक बस्दै

उपमहानगरको समितिमा दलीय भागबण्डा मिल्यो, आज नगर परिषद् बैठक बस्दै

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको विभिन्न समितिमा दलीय आधारमा भागबण्डा गर्ने सहमति भएको छ । गठबन्धन दल र एमालेबीच समिति गठन गर्ने विषयमा विवाद भई आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम र बजेट नै प्रस्तुत नहुने स्थितिपछि सहमतिको प्रयास भएको थियो । सहमतिअनुसार उपमहानगरपालिकाका ५ वटा समिति मध्ये ४ वटा समिति नेकपा एमालेलाई दिने भएको छ भने एउटा समिति गठबन्धनले पाउने भएको छ ।

गठबन्धनले सामाजिक विकास समिति पाउने भएको छ भने आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, संस्थागत तथा सुशासन समिति र विधायन समिति नेकपा एमालेले पाउने सहमति भएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभएको छ । विषयगत समितिहरु गठन गर्ने विषयमा सहमति भएको र समितिमा को को रहने भन्ने विषय पार्टीले नै निर्धारण गर्ने नेकपा एमालेबाट उम्मेदवार भई विजयी वडा अध्यक्ष सुनिल मोक्तानले जानकारी दिनुभयो ।

यस्तै सोमबार बिहान बसेको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० नीति, कार्यक्रम र बजेट नगर परिषदबाट संशोधनसहित पारित गर्ने निर्णय पनि गरेको छ । यसअघि मेयर र उपमेयरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयार पार्दा विषयगत समितिहरुबाट योजना तर्जुमा नगरी सिधै बजेट तयार पारेको भन्दै कार्यपालिका बैठक र नगर परिषद् बैठक नै बहिष्कार गर्दै आएको थियो ।

Exit mobile version