Home अर्थ/व्यापार ग्रील तथा स्टील व्यवसायी संघको उत्तरीक्षेत्र समिति गठन

ग्रील तथा स्टील व्यवसायी संघको उत्तरीक्षेत्र समिति गठन

ग्रील तथा स्टील व्यवसायी संघ मकवानपुरको आयोजनामा थाहा नगरमा भएको उत्तरी क्षेत्र भेलाको उद्घाटन सत्रमा सहभागी अतिथिहरु ।

हेटौंडाः ग्रील तथा स्टील व्यवसायी संघ मकवानपुरले जिल्लाको थाहा नगरपालिकामा उत्तरी क्षेत्र समिति गठन गरेको छ । शनिबार जिल्ला समितिले थाहा नगरमा एक भेलाको आयोजना गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ७ सदस्यीय उत्तरी क्षेत्र समिति चयन गरेको छ ।

उत्तरी क्षेत्र समितिको उपाध्यक्षमा सुवास गोपाली, सचिवमा मधु बिक र कोषाध्यक्षमा कुमार गोपाली चयन हुनुभएको छ । यस्तै सदस्यमा कमल सुनार, मंगल गोपाली र राजन गोपाली चयन हुनुभएको छ । जिल्ला सदस्य समेत रहनुभएका विजय श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ । निरन्जन श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिका–१ का वडा अध्यक्ष हेरमान गोपाली, ५ नम्बर वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, ग्रील तथा स्टील व्यवसायी महासंघका सचिवालय सदस्य प्रकाश पौडेल, मकवानपुर जिल्ला अध्यक्ष केशव प्रसाईको आतिथ्यता रहेको थियो । व्यवसायीको हितका लागि उत्तरी क्षेत्र समिति गठन गरिएको जिल्ला सचिव रवि नकर्मीले जानकारी दिनुभएको छ ।

Exit mobile version