Home समाज लागुऔषधमुक्त अभियानमा रिकभरिङ समूह

लागुऔषधमुक्त अभियानमा रिकभरिङ समूह

हेटौंडाः मकवानपुर जिल्लालाई लागु औषधमुक्त बनाउने अभियानसहित मकवानपुर रिकभरिङ समूहले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । रिकभरिङले बुधबार भीमफेदी गाउँपालिकास्थित बाराही माबिमा लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।

मकवानपुर रिकभरिङ्ग समूहका कोषाध्यक्ष बिनोद लाल श्रेष्ठको सभाध्यक्षता तथा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सन्जिव श्रेष्ठको प्रमुख अतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले आफु पनि विद्यालयमा पढ्दा आफु सरहका केही साथीहरुले लागुऔषध सेवन गरेको बताउनुभयो । त्यसबाट आफु टाँडा रहेको बताउनुहुँदै विद्यालयमा पनि लागुऔषधका प्रयोगकर्ता हुन सक्ने उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरु लागु औषध दुर्व्यसनमा पर्न नहुने बताउनुभयो । उहाँले भीमफेदी गाउँपालिका सबै विद्यालयमा लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभयो । उहाँले भीमफेदी गाउँपालिकालाई लागुऔषधमुक्त गराई युवाहरुलाई रोजगारतर्फ अग्रसर गर्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण मकवानपुर रिकभरिङ समुहका निर्देशक सन्दिप शाक्यले गर्नु भएको थियो । शाक्यले लागुऔषध दुर्व्यसनका बारेमा भिडियो देखाउनुका साथै यसले पार्ने असरहरुको बारेमा जानकारी गराउनुभयो । शाक्यले अहिले सबै प्राय युवाहरुले मेडिसियन र प्राकृतिक लागुऔषध सेवन गरिरहेको उहाँले बताउनुभयो । आफु पनि विद्यालयमा अध्ययन गर्दा साथीको लयलयमा लागुऔषध दुर्व्यसनमा फसेको स्मरण गर्नुहुँदै लागुऔषधले समाजमा मान्छेलाई हेर्ने दुष्टिकोण फरक हुन जाने बताउनुभयो । विद्यार्थीले र युवाहरु गरिरहँदा गरेर लागु औषध दुर्व्यसनमा फस्दा परिक्षामा असफल हुने, मानसिक सन्तुलन गुम्न सक्ने बताउनुभयो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश आचार्य, नेपाल मानब अधिकार संगठन मकवानपुरका सभापति सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो ।

यस्तै, मंगलबार भीमफेदी–२ स्थित कृष्ण माविमा लागु औषध दुव्यर्सन सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपलिकाको सहयोग, मकवानपुर रिकभरिङ्ग समूहको आयोजना र रिकभरिङ्ग नेपालको समन्वयमा सचेतनामुलक कार्यक्रम भएको हो । मकवानपुर रिकभरिङ समूहका कोषाध्यक्ष बिनोद लाल श्रेष्ठको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुमित्रा थिङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लागु औषध दुर्व्यसन तथा एच.आई.भी एड्सको विरुद्धमा अन्तरक्रिया भएको थियो । मकवानपुरमा एक दशकदेखि लागुऔषध क्षेत्रमा काम गर्दै आएको रिकभरिङले १५ सय युवाहरुलाई लागु औषध दुर्व्यसनबाट मुक्त गराएको जनाइएको छ ।

Exit mobile version