Home मुख्य समाचार आज बागमती प्रदेशको बजेट पास हुने

आज बागमती प्रदेशको बजेट पास हुने

हेटौडाः आज बिहान ११ बजे बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश सरकारद्वारा सभामा पेश भएको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक माथि छलफल गरी बजेट पास हुने कार्यक्रम रहेको छ ।

सोमबार र मंगलबार प्रदेशको मन्त्रालयहरुको बजेटको विषयमा छलफल भएको थियो । बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले आफ्ना मन्त्रालयको विषयमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । आजको बैठकमा बाँकी छलफल गरेर बागमती प्रदेशको बजेट पास हुने कार्य तालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । बागमती प्रदेशले ७० अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

Exit mobile version