Home मुख्य समाचार मुख्यमन्त्रीलाई बजेट पुस्तक फिर्ता

मुख्यमन्त्रीलाई बजेट पुस्तक फिर्ता

हेटौंडाः बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको वजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अस्वीकार गर्दै बजेट पुस्तक फिर्ता गरेको छ । नेकपा (एमाले) को संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक दीपक निरौला लगायतका प्रदेश सभा सदस्यहरुको टोलिले आइतबार मुख्यमन्त्री राजेन्द्रराज पाण्डेलाई भेटेर बजेट पुस्तकमा भएका गलत मनसाय प्रेरित कर छुटको व्यवस्था, नीतिगत भ्रष्टाचार हुने योजना, असमानता लगायतका कुराहरु नसच्चाएसम्म स्वीकार गर्न नसकिने भन्दै बजेट पुस्तक फिर्ता गरिएको जनाउनु भएको थियो ।

सरकारले प्रस्तुत गरेको बजेटमा वितरणमा असमानता, गलत मनसाय सहितको कर छुट, सत्ता गठबन्धनले जितेका स्थानीय तह तथा वडामा मात्र बजेट विनियोजनलाई प्राथमिकता दिएको बजेट अघि प्रति पक्ष दलसँग गरेको समझदारीको पूर्ण वेवास्ता गरेकोले वजेट पुस्तक फिर्ता गरिएको दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

Exit mobile version