हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका २ का श्रीमतीको हत्या गर्ने ४६ वर्षीय देवराज गोलेलाई २२ वर्षको कैद सजाय फैसला गरेको छ । जिल्ला न्यायधिश मनकुमारी जिएम बिश्वकर्माको इजलासले गत बुधबार असार १ गते गोलेलाई श्रीमतीको हत्या गरेकोे ठहर गर्दै २२ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
श्रीमान गोलेको कुटपिटबाट ४६ वर्षीय श्रीमती श्रीमाया गोलेको २०७७ माघ ४ गते मृत्यु भएको थियो । श्रीमायाको कुटपिटबाट मृत्यू भएपछि जिल्ला अदालत मकवानपुरमा २०७७ माघ २९ गते कुटपिट गरेर ज्यान मार्ने मुद्दा दर्ता भएको थियो ।
