Home खेलकुद जनकल्याणले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

जनकल्याणले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी आयोजक विद्यालय जनकल्याण माध्यािमक विद्यालयले जितेको छ । प्रतियोगितामा जनकल्याण माविले १२ स्वर्ण, १० रजत र पाँच कास्यसहित उपाधी जितेको हो ।

प्रतियोगिता अन्तर्गत मेयर भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधी सुन्दरीदेवी माविले जितेको छ । आज सोमबार भएको फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई ३–१ सेटले पराजित गर्दै सुन्दरीदेवीले उपाधी जितेको हो । महिला तर्फको भलिबल प्रतियोगिता पनि आयोजक विद्यालय जनकल्याण माविले नै जितेको छ ।

यस्तै, झम्केश्वरी माविले चार स्वर्ण र तीन कास्य जित्दै द्वितीय भएको छ भने बज्रबराही माविले तीन स्र्वण, चार रजत र दुई कास्यसहित तृतीय भएको छ । प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाएको थियो । असार ३ गतेबाट सुरु भएको प्रतियोगिता आजको भलिबल खेलसँगै सकिएको छ ।

Exit mobile version