Home अर्थ/व्यापार क्युपेकको स्थापना दिवसमा हेटौंडामा रक्तदान कार्यक्रम

क्युपेकको स्थापना दिवसमा हेटौंडामा रक्तदान कार्यक्रम

रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युुपेक) नेपाल जिल्ला कमिटी मकवानपुरको २६ औँ स्थापना दिवसको अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

‘क्युपेक नेपालीको सरोकार सामाजिक सुरक्षा र मर्यादित रोजगार’ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्युपेकका सचिव मनोज सुवेदीले जानकारी दिनुभयो । रगतको अभाव झेल्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको उहाँको भनाइ छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

Exit mobile version