हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को वडाअध्यक्षमा अनिल बानिया विजयी हुनुभएको छ । नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवार बानिया १ हजार ८ सय ९८ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।
अध्यक्षका अर्का प्रत्यासी नेपाली कांग्रेसका रामबाबु बानियाले १ हजार ७ सय २०, राप्रपाका दामोदर बानियाले १ सय ४३ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा नेपाली कांग्रेसका योगराज खतिवडा(१७०९) र नेकपा एमालेका तोयानाथ तिमल्सिना (१६१४) विजयी हुनु भएको छ । यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया थपलिया १ हजार ७ सय ७७ र दलित महिला सदस्यमा नेकपा एमालेकी पूजा मंग्रती १ हजार ६ सय ९२ मतसहित विजय हुनु भएको छ ।
