हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका दन्तलाल माझी विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाममा ८ सय ४४ मत प्राप्त गरी माझी वडाध्यक्षमा विजयी भएका हुन् ।
माझीले अर्का प्रत्यासी काङ्ग्रेसका सोम घिसिङलाई पराजित गरेका हुन् । घिसिङले ४ सय १२ मत प्राप्त गरे । यससँगै बागमती गाउँपालिकामा लगातार १, २, ३ र ४ नम्बर वडामा माओवादी केन्द्रले विजय हासिल गर्न सफल भएको छ । वडा नम्बर १ मा यहुन्ना राई, २ मा जनक पहरी र ३ मा कमान सिं पाख्रीन विजयी भएका हुन् । वडामा १६ सय ८३ मत खसेको थियो ।
