Home मुख्य समाचार हेटौंडाको मतगणनाः एकसाथ ४ वटा वडाको गणना गरिने

हेटौंडाको मतगणनाः एकसाथ ४ वटा वडाको गणना गरिने

हेटौंडा उपमहानगरपालिकाको मतगणनास्थल तयारी अवस्थामा ।

हेटौंडाः स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत शुक्रबार मतदानको कार्यक्रम सम्पन्न भएको छ । मतदानपछि जिल्लाका १० वटै पालिकामा मतपेटिका मतगणनास्थल ल्याएर मतगणनाको तयारी भइरहेको छ ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठकाअनुसार हेटौंडा उपमहानगरपालिकाको मतगणनाको कार्य उम्मेदवारबीचको सहमतिपछि शुक्रबार रातीदेखि नै सुरु हुनेछ । हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको उहाँले जानकारी दिनुभयो । १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

सतर्कताका साथ मतगणना गरिने र सुरुमा केही सुस्त भए पनि कुनै किसिमको समस्या नहोस् भनी गणना गरिने श्रेष्ठको भनाइ छ । मतगणनामा खटिने गणकहरु क्रमशः अभ्यस्त हुँदै जाँदा मतगणनाको कार्य छिटो हुने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । मतगणनाका लागि जनशक्ति तयार रहेको उल्लेख गर्नुहुँदै उहाँले सहज र सुरक्षित तरिकाबाट मतगणना गरिने दावी गर्नुभयो ।

Exit mobile version