हेटौंडाः स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मतदानको कार्य सकिएसँगै मतगणनाको चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबार बिहान ७ बजेबाट हुने भएको छ ।
शुक्रबार अबेर राती सम्पन्न सर्वदलीय बैठकले शनिबार बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
