Home मुख्य समाचार मकवानपुरमा करिब ७१ प्रतिशत मत खस्यो, हेटौंडामा ६५ प्रतिशत मात्रै

मकवानपुरमा करिब ७१ प्रतिशत मत खस्यो, हेटौंडामा ६५ प्रतिशत मात्रै

हेटौंडा–४ स्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडा ।

हेटौंडाः मकवानपुरका १० वटा पालिकामा करिब ७१ प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ । मकवानपुरका १० वटै पालिकामा खसेको मतको पूर्ण विवरण आउन केही समय लाग्ने भए पनि प्रारम्भिक चरणको विवरणअनुसार करिब ७१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

समृद्ध समाजसँग कुरा गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भन्नुभयो, ‘हेटौंडा उपमहानगरपालिकामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । समग्रमा जिल्लाभर करिब ७१ प्रतिशत मत खसेको छ ।’ सवै पालिकाको मतगणनास्थलसम्म मतपेटिका ल्याउने कार्य भइरहेको र मतपेटिका मतगणनास्थलसम्म ल्याइसकेपछि उम्मेदवारसँग छलफल गरेर मतगणना कार्य सुरु गरिने उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्रबार बिहान ७ बजेबाट सुरु भई अपरान्ह ५ बजेसम्म मतदानको कार्य भएको थियो ।

Exit mobile version