Home शिक्षा रेड रोजको प्रिन्सीपलमा धिताल

रेड रोजको प्रिन्सीपलमा धिताल

कैलाश धिताल

हेटौंडाः हेटौंडा–१६, हटियास्थित रेड रोज इंग्लिस सेकेण्डरी स्कूलको प्रिन्सीपलमा कैलाश धिताल नियुक्त हुनुभएको छ । विद्यालय सञ्चालकले धिताललाई प्रिन्सीपलको जिम्मेवारी दिने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन दाहालले जानकारी दिनुभएको छ ।

शिक्षाशास्त्र संकायमा प्रमुख विषय अंग्रेजी लिई हेटौंडा क्याम्पसबाट स्नात्तकोत्तर तह उत्तीर्ण धितालले बारा जिल्लाको निजगढ नगरपालिका–६ स्थित गौरिशंकर माविमा २०७० देखि २०७२ सालसम्म अध्यापन गर्नुभएको थियो । २०७४ सालदेखि हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा अध्यापन गराउनुभएका धिताल २०७५ सालदेखि हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा अध्यापन गराउँदै आउनुभएको थियो । केही समययता गैरसरकारी संस्थामा पूर्णकालिन काम गर्दै आंशिक समय शिक्षण गर्दै आउनुभएका धितालले शिक्षण क्षेत्रमै पूर्णकालिन सेवा गर्ने अठोटसहित विद्यालयको नेतृत्व लिने निर्णय गरेको बताउनुभयो ।

Exit mobile version