Home मुख्य समाचार आज उम्मेदवारी फिर्ता लिन पाउने

आज उम्मेदवारी फिर्ता लिन पाउने

हेटौंडाः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले चाहेमा आज शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

बैशाख ११ र १२ गते उम्मेदवारहरुले निर्वाचनको लागि मनोनयन दर्ता गराएका थिए । यस्तै, निर्वाचन आयोगले आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक गर्दैछ । आयोगले शनिबार भने उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरेको छ । स्थानीय तह सदस्य निर्वाचनको लागि मकवानपुरमा २ हजार ३५ जनाको उम्मेदवारी दर्ता भएको थियो । जिल्लामा २ लाख ७२ हजार ४ सय ६२ जना कुल मतदाता रहेको छ । जसमा महिला एक लाख ३४ हजार ५ सय ५२ र पुरुष १ लाख ३७ हजार ९ सय ४ जना र अन्य ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Exit mobile version