Home मुख्य समाचार कांग्रेस बकैयाले गठबन्धन नगर्ने घोषणा, मित्रवत् प्रतिस्पर्धा गर्ने

कांग्रेस बकैयाले गठबन्धन नगर्ने घोषणा, मित्रवत् प्रतिस्पर्धा गर्ने

हेटौंडाः सत्ता गठबन्धन दल नेपाली कांग्रेस बकैया गाउँपालिका कार्य समितिले गठबन्धन नगर्ने घोषणा गरेको छ । आज आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ती जारी गरी कांग्रेस बकैयाले गठबन्धन नगर्ने घोषणा गरेको हो ।

कांग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जनले गठबन्धन नगर्ने प्रेस विज्ञप्ती प्रस्तुत गर्नुभयो । विज्ञप्तिमा गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालिन फाइदा हुन सक्ने तर दीर्घकालीन रुपमा यसले नेपालमा कम्युनिष्ट बिस्तारलाई मलजल गरी नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने काम हुने जनाइएको छ । स्थानीय निकायको निर्वाचन युवाहरुको परीक्षणको समय भएको उल्लेख गरिएको छ । यूवाहरु स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी पार्टीसँग स्वस्थ प्रतिस्पर्धामार्फत् आफ्नो औचित्य प्रमाणित गर्न तम्सेका छन् । तर गठबन्धन र तालमेलको जबरजस्ती निर्देशन नमानेमा पार्टी छोड्न नेतृत्वको हुकुमी शैली र तुच्छ बचनले उनीहरुको समाज परिवर्तन गर्ने ऊर्जा र उत्साह माथि कुठाराघात गर्ने काम भएको विज्ञप्तीमा उल्लेख छ ।

सभापति लामाले पार्टीको केन्द्रिय निर्देशन अनुसार गठबन्धन दलहरु भित्र मितव्ययी रुपमा चुनाबी प्रतिस्पर्धामा जाने बताउनुभयो । उहाँले जबरजस्ती रुपमा गठबन्धन गर्ने निर्णय प्रति घोर आपत्ति जनाउँदै काङ्ग्रेस बकैयाले विज्ञप्ती जारी गरेको स्पष्ट पानुभयो । सभापति बोम्जनसहित बकैयाका १२ वटै वडाका सभापतिहरुले गठबन्धन नगर्ने विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

Exit mobile version