Home मुख्य समाचार हेटौंडाको मेयरका लागि २ दलले दर्ता गराए उम्मेदवारी

हेटौंडाको मेयरका लागि २ दलले दर्ता गराए उम्मेदवारी

हेटौंडाः आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका मेयरका लागि २ दलले उम्मेदवारी दर्ता गराएका छ्न् । आज आइतबार हेटौंडा उपमहानगरपालिका निर्वाचन कार्यालयमा उपस्थित भएर दुई दलले उम्मेदवारी दर्ता गराएको हो ।

हेटौंडाको मेयर पदका लागि नेपाल किसान मजदुर पार्टीका तर्फबाट रमेश मान सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहको प्रस्तापकमा मुकेश कुमार मणिक र समर्थकमा मुकेश खड्का हुनुहुन्छ । यस्तै हेटौंडाको मेयरका लागि उन्नत लोकतान्त्रिक पार्टीको तर्फबाट अयोध्यकुमार भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । भट्टराईको प्रस्तपकमा मिलन अर्याल र समर्थकमा पदम प्रसाद भट्टराई हुनुहुन्छ । उम्मेदवार दर्ताका लागि आज र भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

Exit mobile version