Home मुख्य समाचार मेयरको टिकट मागसहित पार्टी कार्यालयमा तालाबन्दी

मेयरको टिकट मागसहित पार्टी कार्यालयमा तालाबन्दी

हेटौंडाः नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट पाउनु पर्ने मागसहित कार्यकर्ताले मंगलबार पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । काँग्रेस हेटौंडा नगर कमिटीको बैठक बसिरहेको समयमा उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दबाब दिन पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।


नगरसभापति उत्सव इटेनीले नगरको बैठक सुनाएपछि लगाइएको ताला खोलिएको थियो । बैठकमा सहभागी हेटौडा नगरका १९ वडाका सभापतिहरुले काँग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर पद अरुलाई छोड्न नहुने कुरामा जोड दिएका थिए । उनीहरुले नगरमा गठबन्धनका अन्य दलभन्दा काँग्रेसको प्रभाव बलियो रहेकाले मेयर नै लिनुपर्नेमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । यसअघि मेयर पदका लागि काँग्रेस हेटौंडा नगर कमिटीले हेटौंडा उपमहानगरपालिकाका मेयरमा आनन्दराम पराजुली, उत्सव ईटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

Exit mobile version