Home मुख्य समाचार नेकपा एसबाट राक्सिराङको अध्यक्षमा कृष्णबहादुर चेपाङ सिफारिस

नेकपा एसबाट राक्सिराङको अध्यक्षमा कृष्णबहादुर चेपाङ सिफारिस

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले आसन्न स्थानीय तहको चुनावका लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुको नाम टुंग्याएको छ ।

आइतबार गाउँकमिटीको बैठकले गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गर्ने निर्णय गरेको छ । गठबन्धन भएको खण्डमा पालिका उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम अघि सार्ने निर्णय गरेको छ । गठबन्धनका दलहरुसँग दावी प्रस्तुत गर्दा अध्यक्ष, उपाध्यक्ष छाडेको खण्डमा वडा नम्बर ३, ४, ६, ९ दावी गर्ने र उपाध्यक्ष लिएको अवस्थामा २ वटा वडा दावी गर्ने निर्णय भएको पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनु भयो ।

वडा नम्बर १ को अध्यक्षमा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, ३ मा ज्ञानबहादुर स्याङ्तान, ४ मा किशोरकुमार ब्लोन, ५ मा जुनियल प्रजा, ६ मा कृष्णलाल तामाङ, ७ मा जंगलाल प्रजा, ८ मा सरोजकुमार प्रजा र ९ नम्बर वडामा अम्बरबहादुर थिङको नाम सर्वसम्मत सिफारिस गरेको छ । गाउँ पार्टी कमिटिको अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षमा भएको बैठक प्रदेश कमिटी सदस्य गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यमा भएको थियो ।

Exit mobile version