Home मुख्य समाचार ९ नम्बर वडा अध्यक्षमा माओवादीका ४ आकांक्षी

९ नम्बर वडा अध्यक्षमा माओवादीका ४ आकांक्षी

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका लागि ४ जना आकांक्षी देखिएका छन् । आइतबार बसेको वडा कमिटीको बैठकले अध्यक्षमा प्रकाश पौडेल, ज्ञानेन्द्र लामिछाने, गौतम केसी र दीपेन्द्र पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी वडा कमिटीका अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्यमा खुलातर्फ २ जना उम्मेदवार हुनुपर्नेमा ४ जना आकांक्षी देखिएका छन् । खुलातर्फ वडा सदस्यमा रामचन्द्र नेपाल, बलराम मिश्र, विष्णु राना र जीवन शर्माको नाम सिफारिस गर्ने निर्णय वडा कमिटीले गरेको छ । १ जना महिला वडा सदस्यका लागि दुईजनाको नाम सिफारिस गरिएको छ । वडा सदस्यमा महिलातर्फ कमला पौडेल र मञ्जु देवकोटाको नाम सिफारिस गर्ने निर्णय वडा कमिटीले गरेको छ । यता दलित महिलातर्फ भने कमला मिजारको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

वडा कमिटीबाट सिफारिस भएको नामलाई नगर कमिटीले टुंग्याउने बताइएको छ । नगर कमिटीले टुंग्याउन नसकेको अवस्थामा जिल्ला कमिटीले आवश्यक सहजीकरण गर्ने बताइएको छ ।

Exit mobile version