हेटौंडाः नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–५ को वडा अध्यक्षका लागि देवनारायण लामिछाने(भिमसेन) लाई सर्वसम्मत चयन गरेको छ । लामिछाने हाल माओवादी केन्द्र हेटौंडा–५ वडा कमिटीका अध्यक्ष हुनुहुन्छ ।
यस्तै, खुला वडा सदस्यमा केशवप्रसाद घिमिरे र झलक भुजेललाई उम्मेदवारी बनाउने निर्णय भएको छ । महिला सदस्यमा रिता आचार्य र दलित महिला सदस्य गिता नेपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमहानगरका बाँकी वडाहरुमा माओवादीले उम्मेदवार चयनका लागि छलफल गरिरहेको माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थ थापा मगरले जानकारी दिनुभयो ।
अबको २–३ दिनमा उममहानगरमा माओवादीले आफ्नो उम्मेदवार टुङ्ग्याउने उहाँले बताउनुभयोे । अहिले गठबन्धनको बारेमा केन्द्रमा छलफल चलिरहेको बताउनुहुँदै थापाले केन्द्रको निर्णय अनुसार चल्ने बताउनुभयो ।
