Home समाचार जुरेथुममा मासिक स्वास्थ्य उपचार शिविर

जुरेथुममा मासिक स्वास्थ्य उपचार शिविर

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौंडाः हेटौंडा–१७, हटिया जुरेथुममा निर्माणाधिन जगदगुरुत्तम मन्दिर अध्यात्म केन्द्र परिसरमा कोरोना महामारीको कारण रोकिएको मासिक स्वास्थ्य शिविर पुनः संचालन भएको छ ।

राम नवमी पर्वको अवसरमा आयोजित निःशुल्क स्वास्थ शिविरमा अनुभवी डाक्टरहरुले उपचार गर्नु भएको थियो । उक्त शिविरमा बाल स्वास्थ्य विशेषज्ञ प्रा.डा. सुनिल बुढाथोकी, जनरल फिजिसियन डा. सरोज बराल, आन्तरिक चिकित्सक डा. प्रविण भण्डारी, डा. सुदिप सुवेदी, दन्त चिकित्सक डा. प्रेम कार्की, डा. भुमेस काफ्ले, डा. लुना थापा र डा. रबिना सिंहद्वारा १ सय ७० जना स्थानीयबासी र साधकहरुको स्वास्थ्य जाँच गर्नुभयो ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण सँगै औषधी वितरण गरिएको थियो । श्री राधा माधव समिति नेपाल, श्री जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजनामा शिविर भएको हो । डिभाइन युथ क्लब नेपाल, हेल्थ क्याम्प कोडिनेटर डा. सुदिप सुवेदीका अनुसार २ बर्षसम्म रोकिएको मासिक स्वास्थ्य शिविर पुन संचालनमा ल्याएको र अब आउने महिनाहरुमा विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पुर्‍याउने योजना रहेको बताउनुभयो । निःशुल्क स्वास्थ्य शिविरको उद्र्घटन हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत, १७ नं वडाका अध्यक्ष भैरब बाहादुर राई लगायतका विशिष्ट व्यतिहरुको उपस्थिति रहेको थियोे ।

Exit mobile version