हेटौंडाः हेटौंडा उपमहानगरपालिको शिक्षा विकास महाशाखाको आयोजनामा आज शुक्रबारबाट नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । आज शुुक्रबार बिहानबाट हेटौंडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता सुरु भएको होे ।
आज बिहान भएकोे उद्घाटन खेलमा गोरक्षनाथ माविले विजयी सुरुवात गरेको छ । गोरक्षनाथले जनज्योेति माविलाई २–० को सेटले पराजित गरेको हो । यस्तै, आज बिहान नै भएको दोस्रो खेलमा जिएस निकेतनले विजयी सुरुवात गरेको छ । निकेतनले कमाने एकेडेमीलाई २–० को सेटले पराजित गरेको हो । प्रतियोगिता अन्र्तगत आज दिउँसो तीन खेल सम्पन्न हुने जनाएको छ ।
प्रतियोगितामा नगरका ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले समुहले २७ हजार, दोस्रो हुनेले १८ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै, सेमिफइनलमा प्रवेश गर्ने दुई समुहले ६ हजार ७ सय ५० रुपैयाँको दरले प्राप्त गर्ने छन् । प्रतियोगिता उत्कृष्ट हुने खेलाडीहरुलाई ३ हजार र उत्कृष्ट स्पाइकर र सेटरले दुई÷दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् । नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता तिन दिनसम्म सञ्चालन हुनेछ ।
