हेटौंडाः मकवानपुरको विभिन्न विद्यालयमा बालबालिकालाई टाइफाइड खोप लगाउन आजबाट सुरु भएको छ । टाइफाइड विरुद्धको खोप अभियान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित भोजसिद्ध माध्यामिक विद्यालयबाट सुरु भएको हो । खोप अभियानको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि विरोध खतिवडाले शुभारम्भ गर्नुभयो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबार ६ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य संयोजक भोला प्रसाद चौलागाईले जानकारी दिनुभएको छ । यस्तै शरक्रबार २ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको संयोजक चौलागाईले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकामा १ सय ३५ वटा स्वास्थ्य केन्द्र तोकिएको छ ।
