Home मुख्य समाचार कमाने छुरा प्रहार प्रकरणः अनिषा खतरामुक्त, छुरा हान्ने यादव अझै पक्राउ परेनन्

कमाने छुरा प्रहार प्रकरणः अनिषा खतरामुक्त, छुरा हान्ने यादव अझै पक्राउ परेनन्

छुरा प्रहारबाट गम्भीर भई हेटौंडास्थित चुरेहिल अस्पतालबाट थप उपचारका लागि काठमाडौं लैजाने क्रममा अनिषा राई । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–८, कमानेमा चैत ११ गते शुक्रबार छुरा आक्रमणमा परी घाइते भएकी अनिषा राई खतरामुक्त भएकी छन् । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राई खतरामुक्त रहेको र केही दिनमै डिस्चार्ज हुने अधिकारकर्मी आरती पाठकले जानकारी दिनुभएको छ ।

छुरा प्रहार गर्ने हेटौंडा–५ का सिर्जन यादव भने फरार छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाए पनि यादवलाई पक्राउ गर्न सकेको छैन । शुक्रबार साँझ करिब ७ बजेको समयमा घरतर्फ जाँदै गरेकी राईलाई यादवले छुरा प्रहार गरेका थिए । यादवले छुरा प्रहार गर्दा राईको बायाँपट्टी कानभन्दा तल गम्भीर चोट लागेको थियो ।

Exit mobile version