Home मुख्य समाचार ५ जनाको स्वाब संकलन

५ जनाको स्वाब संकलन

हेटौंडाः हेटौंडा १० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा आज ५ जनाले स्वाब संकलन गराएका छन् । कोरोना भए नभएको थाहा पाउन ५ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उहाँले बताउनुभएको छ ।

Exit mobile version