Home मुख्य समाचार मकवानपुरमा शून्य संक्रमण, १ जना कोरोना संक्रमणमुक्त

मकवानपुरमा शून्य संक्रमण, १ जना कोरोना संक्रमणमुक्त

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लामा सोमबार कोरोना संक्रमण शून्य देखिएको छ । ७ जनाको पिसीआर विधिबाट र ६ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसै अवधिमा १ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमित १५ जना रहेका छन् । सबै सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत छन् ।

Exit mobile version