Home कला प्रदेशस्तरीय कविता प्रतियोगितामा सुस्मिता तृतीय

प्रदेशस्तरीय कविता प्रतियोगितामा सुस्मिता तृतीय

सुस्मिता ढुंगाना

हेटौंडाः अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले आयोजना गरेको प्रदेशस्तरीय कविता प्रतियोगितामा मकवानपुरकी सुस्मिता ढुंगाना तृतीय भएकी छन् । सोमबार भर्चुअल माध्यमबाट भएको प्रतियोगितामा हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुस्मिताले ‘आऊ नारीहरु’ शीर्षकको कविता वाचन गर्दै तृतीय स्थान हासिल गरेकी हुन् ।

बागमती प्रदेशका मावि तहका विद्यार्थीबीच भएको प्रतियोगितामा काठमाडौंको पद्मकन्या विद्याश्रममा कक्षा–९ मा अध्ययनरत कविता राउत प्रथम भइन् । राउतले ‘दिगो विकासका लागि लैंगिक समानता’ शीर्षकमा कविता वाचन गरेकी थिइन् । यस्तै ‘दिगो भविष्यका लागि आजै लैंगिक समानता’ शीर्षकमा कविता वाचन गर्ने काठमाडौंको कीर्तिपुर नागरपालिकास्थित मंगल माविमा कक्षा–९ मा अध्ययनरत अस्मिता सुवेदी द्वितीय भएकी छन् ।

‘दिगो भविष्यका लागि आजै लैंगिक समानता’ भन्ने नारा साथ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइ“दैछ । सात वटै प्रदेशबाट प्रथम हुने कविहरुले मार्च ८ मा हुने राष्ट्रव्यापी कविता प्रतियोगितामा कविता वाचन गर्नेछन् । युएनडीपी र एनसेलले प्रथम, द्वितीय र तृतीयलाई सोही अवसरमा पुरस्कार प्रदान गर्ने बताइएको छ ।

Exit mobile version