Home मुख्य समाचार ४ पालिकामा २० वर्ष नपुगी ४२९ जना बने आमा

४ पालिकामा २० वर्ष नपुगी ४२९ जना बने आमा

२०७३ साल जेठ महिनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाको काँकडामा आयोजित एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका २० वर्षभन्दा कम उमेरमा विवाह गरेर आमा बनेका किशोरीहरु । फाइल तस्वीर ।

हेटौंडाः चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म मकवानपुरको ४ वटा पालिकामा २० वर्ष नपुगी ४ सय २९ जना आमा बनेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाभित्रै ३ सय ९० जना २० वर्ष नपुगी आमा बनेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाको हर्नामाडी स्वास्थ्य केन्द्र, हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पतालबाट प्रसुति गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । यस्तै, बालमैत्री घोषणा भइसकेको बकैया गाउँपालिकामा १७ जना २० वर्षभन्दा कम उमेरमै आमा बनेका छन् । बालमैत्री घोषणा अभियानमा रहेका भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा २२ जना २० वर्ष नपुग्दै आमा बनेका छन् ।

Exit mobile version