Home मुख्य समाचार विद्यालय सञ्चालन भएको पहिलो दिन आधा विद्यार्थी, पुरा पढाई

विद्यालय सञ्चालन भएको पहिलो दिन आधा विद्यार्थी, पुरा पढाई

हेटौंडाः मकवानपुरमा विद्यालय सञ्चालन भएको पहिलो दिन आधा मात्र विद्यार्थी उपस्थित भएका छन् । ओमिक्रोन भेरियन्टका कारण करिब एक महिनादेखि बन्द भएको विद्यालय आइतबारबाट खुेलेको हो ।

मकवानपुरका हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि, भूटनदेवी मावि, हेटौंडा–१ स्थित अमर मावि, हेटौंडा–५ स्थित जेनिथ बोर्डिङ र हेटौंडा–२ स्थित सिद्धार्थ मावि लगायत मकवानपुरका विद्यालयहरुमा पहिलो दिनमा नै पुरा पढाइ भएको छ । आधुनिक माविका प्रधानाध्यापक वीरवंश बैठा भन्नुहुन्छ जोरबिजोर गरी पठनपाठन सुरु गरेका छौंं । विद्यालय सुरु भएको दिनमै विद्यार्थीको उपस्थिति उत्साहपूर्ण रहेको उहाँले बताउनुभयो ।

यसैगरी भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहालकाअनुसार पहिलो दिन विद्यार्थी उपस्थित तल्लो तहमा न्यून रहे पनि माथिल्लो तहमा भने आधा विद्यार्थीको उपस्थिति रहेको छ । अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीले पहिलो दिन ६० प्रतिशत विद्यार्थी उपस्थित भएको बताउनुभयो भने जेनिथ माविका शिक्षक प्रिया पाण्डेले पहिलो दिन ९० प्रतिशत विद्यार्थी उपस्थित भएको बताउनुभयो ।

Exit mobile version