हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा मंगलबार १४ जनाले स्वाब संकलन गराएका छन् ।
६ जना महिला र ८ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिरिआर प्रयोगशाला पठाइएको पनि निरीक्षक चौलागाईले जानकारी दिनुभयो ।
