Home मुख्य समाचार पत्रकारको हकहित संरक्षण गर्न महासंघलाई ज्ञापनपत्र

पत्रकारको हकहित संरक्षण गर्न महासंघलाई ज्ञापनपत्र

हेटौंडाः जनपत्रकार संगठन नेपाल मकवानपुरले सोमबार नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ । श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारका विषयहरू समेटेर सोमबार ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल मकवानपुरका संयोजक सूर्य बहादुर गोलेको नेतृत्वमा सदस्य प्रल्हाद गौतमसहितको टोलीले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेको हो । संयोजक सूर्य बहादुर गोलेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चाली कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्र्थापना गर्न माग गरिएको छ ।

सरकारको खर्चमा श्रमजीवी पत्रकारहरुको निःशुल्क ५ लाख बराबरको स्वास्थ्य बीमाका लागि पहल गर्न, महासंघको सदस्यहरूको शुद्धिकरण गर्दै पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने वातावरण सुनिश्चित गर्न, नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोबारको पारदर्शिता, केन्द्र, प्रदेश र स्थानीय सरकारबाट प्राप्त हुने विज्ञापनहरू महासंघ मार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाहरुले पाउने वातावरण गर्न पनि जनपत्रकार संगठनले माग गरेको छ । पत्रकारहरुको क्षमता विकास गर्न विभिन्न तालिमको व्यवस्था गरिनुपर्ने, पत्रकारहरुमाथि हुने विभिन्न किसिमका दुव्र्यवहार अन्त्य गर्न उचित पहल गरिनुपर्ने जनाएको छ ।

Exit mobile version