Home मुख्य समाचार रोटरी क्लबद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग

रोटरी क्लबद्वारा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिका–१, किसेडीस्थित दीपक आधारभूत विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानिक कुमार स्याङ्तानको अध्यक्षता तथा रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्ण बहादुर कार्कीको प्रमुख आतिथ्यमा गत शुक्रबार सहयोग सामग्री हस्तान्तरण कार्यक्रम भएको हो ।

मास्क, सेनिटाइजर, थर्मलगन, अक्सीमीटर, फेससिल्ड, फेसमास्क, पीपीई गरी ३० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ । रोटरी क्लब अफ मकवानपुरको व्याक टु स्कूल कार्यक्रमका संयोजक आवाश घिमिरेको संयोजकत्वमा भएको सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन साँगामी, कोषाध्यक्ष मनोज ढोडारी, विद्यालयका प्रधानाध्यापक गंगा लामाको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version