हेटौंडामा ट्रक दुर्घटना समृद्ध समाज संवाददाता - February 6, 2022 हेटौंडाः हेटौंडा–८, क्याम्पाडाँडा पुल नजिक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट कमानेतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई दुर्घटना भएको छ । ट्रक दुर्घटनाबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।